आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

सुरुवात

टुडिखेलमा चराका एक हुल उडे | बसपार्क-सुर्यविनायक रुटको गाडीको अन्तिम सिट तिर बसेका हामीले हेर्यौ | उसको अनुहारमा बेग्लै चमक थियो | हातमा क्यामेरा भएको भए सायद त्यो दृश्य कैद पनि गर्थी होली | फोटोग्राफी प्रति मेरो जत्तिको मोह छ उसको पनि त्यति नै छ | जे होस् धेरै कुरा नियाल्दा हामी साथ हुनु स्वभाबिक हो जस्तो लाग्छ ! तिन चार महिना अगाडी उ आफ्नै छुटै संसारमा उडेकी थिई, म आफ्नै छुटै मा | आज यस्तो तरिकाले मिल्ती भयो मानौ आउने दिनहरुमा हामी मज्जाले संगै उड्नेछौ, एउतै संसारमा, टुडिखेलमा उडेका एक हुल चरा जसरि !

फेसबुकप्रतिको मोह

फलामे ढोका पार गरेपछि दाइले बनाइदिएका थिए, हटमेल अनि फेसबुकको अकाउन्ट ! मैले इन्टरनेटमा गुगलबाहेक मज्जाले अरु केहि नजानेको बेला थियो त्यो | फेसबुकको प्रवेश आकस्मिक र चाखलाग्दो भयो | चिनेका साथि, नचिनेका साथि, साथिका साथि, देशका साथि, विदेशका साथि, ममीको साथि, बाबाको साथि, आदिका साथि सम्मै फेसबुकमा अटाउने रहेछन् | टेलिफोन डायरीमा नअटाएका लिस्ट मेरा फेसबुकमा थिए | +२ सम्म सामान्य चलाइएको फेसबुक BE मा प्रवेश गरे लगत्तै एउटा नया बिषयको रुपमा थपियो | सधै अध्ययन गरिरहन पर्ने जटिल बिषय जस्तो ! सोहि क्रममा भेटिएकी उनि आज मसंग यति नजिक छिन्, चुम्बकका दुइ ध्रुबझैँ मिल्ती भए जस्तो ! उसंग भेट गराइदिने फेसबुक र फेसबुक निर्माण गरिदिने जुकरबर्गलाइ धेरै धेरै धन्यबाद !

उनिसंगको भेट

चैत्र महिना २०७०को खै कुन दिन ! इमेज अफ गरेर मोबाइलमा फेसबुक चलाईरा बेला, एउटा नंया फ्रेन रिक्वेस्ट आयो | केटाको कि केटिको रैछ सुरुमा त्यसमै ध्यान दिए | सायद मेरो जीवनमा केहि त्यस्तै अभाब खड्केको थियो | नाम मात्रै पढे | झट्ट सुन्दा केटाको जस्तो सुनिने नाम थियो | फोटो हेरिन इमेज अफ थियो | डीस्क्रिपसनमा ५ मिउचियल फ्रेन थिए | एक जना थियिन् सबै भन्दा नजिककि दिदी अर्को अर्थमा मेरी बेस्ट फ्रेन | नया आएको रिक्वेस्ट एसेप्ट गरौ कि नगरौ भएको दोधारे मनलाई ‘गर न त’ भन्ने दिदीको उत्तरले एकधारे बनाइदियो | रिक्वेस्ट पठाउने नया आगन्तुक केटी रैछिन्- म भन्दा एक ब्याच जुनियर | बोलौ बोलौ लागेको थियो, तर अनलाइन कहिले देखियिन मोरी | म अरु संगै गफ्फेर बिताउथे दिन | क्लासमा नि फेसबुक हेर्ने मेरो दिनचर्यामै पर्छ | न म क्लासमा हुदा उनि अनलाइन हुन्थिन् न म घरमा हुदा, हुन्छे त कति खेर हुन्छे ? परिक्षाको चापले केहि क्षण बेपत्ता मात्रै भएकी रैछे, म परिक्षाको बेला भूमिगत भए जस्तो | बोल्ने आँट मैले नै गरेको हु | केटी नै सुरुमा केटा संग बोलि भने त केटी हुनुमा के अहो भाग्य भन्ने सोचाइ थियो होला उनीमा त्यसैले मैले नै बोलाए |

हेल्लो के छ खबर !

“ठिक छु दादा !” उसले फर्काइ |

आफ्नै गाउ ठाउ तिरको भएकाले पनि उनलाई सहयोग गर्ने भावना थियो म मा | तेही नि दिदी दादाहरुले चिन्नु भएको भनेपछि अलिकति कर्तब्य नि बन्न जान्थ्यो | कक्षा बार्हको परिक्षा दिईरहेकी उनलाई परिक्षाको बारेमा सोधे !

कस्तो हुदै छ त परिक्षा ? अब के को बाँकी हो ?

“राम्रो हुदैछ दादा ! अब म्याथको हो |”

“ए ए ल राम्ररी देउ है त ! अल द बेस्ट !” मैले विस गरे र कुरो टुंगियो !

हरेक बात पिच्छे ‘दादा’ हालेर सम्बोधन गर्थी , जिस्काकी हो कि आदर गरेको मैले बुझ्न सकिन | बहिनी नै सोचेको अवस्थामा मैले जिस्काकी भन्दा पनि आदर गरेकी हिसाबले बुझे उनको ‘दादा’ हालेर सम्बोधन गर्ने स्वभाब |

‘चैत्र महिनाको खैकुन दिन’ पछीका केहि दिन पछी उसैले मेसेज पठाई |

‘आजको नि राम्रो भयो दादा’

‘ल बधाई छ, (वाई) !’ मैले फुर्काए या फर्काए जे होस् रिप्लाई तेही दिए !

हुन त कलेजकि प्रथम केटी रे अनि परिक्षा नराम्रो हुने त कुरै भएन नि ! र पनि रिकी पन्टिंग कहिले काही जिरोमै पबिलियन् फर्कन्छ भन्ने कुरोले यताकता बिझाइरहन्छ | परिक्षा सकिएको दिन मजाको गफ गाफ भयो, मानौ हामी एक अर्कासंग परिचित भएको बर्षौ भएको छ, मेरा सबै कुरा उसलाई थाहा छ, उसका सबै मलाइ | गफगाफ यस्तो मज्जाको थियो कि मानौ म उसको हो उनि मेरी😉 ! त्यस्तो मज्जाको गफ गाफ भएको भोलि पल्ट उसको छाप फेसबुक भरि कतै भेटिएन | हिजो मजाले कटेको रात आज सुन्य सुन्य लागिरहेको थियो | गफ गर्ने साथि कोहि थिएनन्, म त्यो रात छिटै सुते !

दिन कट्दै गए | त्यसपछि गफ गाफ भै नै रहयो | उ काठमाडौँ आउने बाला थिई | पियिए पढ्नु थियो | नाम निकाल्नु थियो | इन्जिनियरिंग पढ्नु थियो | इज्जत जोगाउनु थियो | यति केहि नभए पनि एक पल्ट घर छोड्नु थियो, होस्टेल बस्नु थियो | उसले त्यसै गरी | सनिबारको परिक्षा बिग्रिएर आत्तिनुमा कुनै तुक थिएन भनेर मैले उसलाई सम्झाएको थिए | उ पनि सम्झेझैँ गेरर हस भन्थी | सम्झेकी थिई या त्यसै हस भन्थी त्यो मलाई थाहा भएन | निराश भएको बेलामा अनलाइन बोलाइवरी मोटिभेट गर्न भन्थी, म त्यसै गर्थे, निस्वार्थ जसरि एउटा दाजुले बहिनीको लागि गर्छ, बुवाले छोरा छोरीका लागि, दाजुले भाइको लागि अनि आमाले आफ्ना मुटुका टुक्राहरुलाई ! उनि मेरी बहिनी थियिन् | पिईए मा पढ्दा खेरि लेखिएको एउटा डायरी बाहेक मसंग उनलाई दिन अध्ययन सामग्री अरु केहि थिएन | पुल्चोक बोलाइ वोरी तेही डायरी उनैलाई थामाइदिए – फर्काउनु पर्छ भन्ने सम्झौता गरेर |

केही समय पश्चात् :

डायरीको फल हो कि मिहिनेतको फल हो या भाग्यको फल हो, अलि अलि मेरो मोटिभेसन नि होला, उसको नाम निस्कियो पुल्चोक इन्जिनियरिंग क्याम्पसमा इन्जिनियरिंग पढ्नेको सुचिमा | उ जति मक्ख थिई होलि, त्यो भन्दा धेरै मक्ख म थिए | परिक्षाको बेला पनि उ जति डराएकी थिई म त्यो भन्दा बढी डराएको थिए | अचेल कहिलेकाही गिज्याउछे !

“बुने त्यो गोलोभरि नै लगायौ नि हैन मार्क त” परिक्षा राम्रो भयो भनेर उसले भन्दाको जवाफ थियो मेरो यो | उसले एस्लाई मलाई गिज्याउने अस्त्रको रुपमा लिएकी छे ! बेलाबखत घोचिरहन्छे, म सहिरहन्छु |

प्रतक्ष रुपमा भेट त्यति धेरै भएको भने छैन ! हुन त बोलीचाली भएको पनि त केहि महिना मात्र त भएको छ | अस्ति संगै गन्दा खेरि ८ चोटी पुग्यो | तर तिनै छोटा भेटघाट मा नि सम्बन्ध यति प्रगाड बन्यो कि सायद अब बिर्सेर पनि उसलाई बिर्सन्न होला मैले ! हरेक चोटी को भेट केहि नौला भएर उत्रिन्छन् | दशैंको लागि उ घर जानु भन्दा अगाडिको भेट अलि सम्झनलायक थियो | फनपार्कमा संगै खेलेको कोलम्बसले मेरो सातो लिदा उसको बालापन देखिको रहर पूरा भैरहेको थियो ! म त्यसमै दङ्ग थिए | उसको केहि चाहना पुर्याउनुमा म खुसि थिए मनै देखि ! लेख्दै जादा नसकिने कथा छन् हाम्रा ! घटना नि धेरै छन् सबै समाबेस गर्ने हो भने लेख्दै गएको कथाले उपन्यासको ट्याग भिर्ने बेर छैन ! एउटा सानो अनुभूति कोरेको मात्रै हो | जे जसो भए नि हामी एक छौ, एकनाशका छौ र एकअर्काका लागि छौ, र संगै उड्न चाहन्छौ एकै संसारमा एकै पंखा लगाएर, धेरै माथि ! We don’t wanna fall in love, we just wanna rise with love  !😉

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *