हो कि

Spread the love

बसेकी छे दोबाटोमा मलाइ नै हेरी हो कि !

अस्ति भन्दा राम्री भाछे रुप नै सारा फेरी हो कि !

ठेस लाग्यो हिड्दा हिड्दै भुले एकछिन भए पनि

एकोहोरो हेर्दा आँखा झिम्काउदा खेरी हो कि !

कागज रैछ हातमा, यसो उसो खेलाईराकी

दिनै लागि प्रेमपत्र ! राता रातै केरी हो कि !

अर्कैले पो अंगालोमा बेरी लग्यो आँखैअघि

जुध्दै थियौ साथी र म मेरी हो की तेरी हो कि !

Leave a Comment

Your email address will not be published. Required fields are marked *