आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

सपना

मलाई लाग्छ, अघिल्लो दिन डुबेको घाम झन् चर्को तापले संसार उज्यालो पार्ने ध्याउन्नले उदाउछ, त्यसैले त हरेक बिहानीले एउटा आशा लिएर आएको हुन्छ, नयाँ बिहानीसँगैको नयाँ उर्जा, नयाँ बिहानीसँगैको नयाँ आशा, नयाँ बिहानीसँगैको नयाँ फूलहरु अनि नयाँ बिहानी संगैको नयाँ सुगन्ध । यी चिज मन नपराउने बिरलै भेटिँदा हुन् । मलाई लाग्छ यी चिज मन नपराउनेहरु जाडोमा पनि घामलाई बादलले छेकेका रुचाउने मध्येमा पर्छन् । कहिलेकाहीँ ऊ त्यस्तै प्रतीत हुन्छ । उसको स्वभाव अन्तरमुखी र एकलकाँटे भए पनि नाम चाहिँ किन विनय रहेको होला ?


उसले बिहानीलाई आशामय कहिले देखेन, चराको चिरबिर उसलाई कहिले मन परेन, फूलले उसलाई कहिले सुवास दिन जानेन । सायद उसले लिन जानेन । घामले उसलाई आलस्य अनुभव गराउथ्यो, अरु त्यसकै उर्जाले दिनभरि काम गरिरहन्थे । त्यसैले त बर्बराइरहन्थ्यो विनय – ‘के लागेको होला यो घाम, अनि के कराइहरेको होला यो चरो पनि । छोरो बल्ल शान्त भयो भन्यो, यो चरोलाइ कराइहाल्नुु पर्ने, कसैले शान्ति दिएनन् । किन जन्माउन परेको थियो त छोरो – बुढी रिसाएर जवाफ फर्काउँथी । अनि बल्ल विनय चुप लागेर बस्थ्यो । बाटोमा हिँड्दा अलि खुस्केका जस्तो मनस्थिति भएका पल्ला घरे काकाले बजाइरहने रेडियो सुनेर पनि ऊ वाक्क भएको थियो । त्यही भएर कहिलेकाहीँ झगडै पथ्र्याे विनयको काकासँग ।


सरकारी जागिरेदेखि विनय कहिले खुशी हुन सकेको थिएन । भलै घुस भने आजसम्म विनयले चढाएको थिएन । उसलाई सरकारी कार्यालय माछा बजार समान लाग्थ्यो । मोलमोलाई भइरहने खालको । यो भएन, त्यो भएन, यसो गर्नुस्, उसो गर्नुस, आज हुँदैन, भोलि आउनुस्, भन्ने जस्तो बचन सुनेरै ऊ आजित भैसकेको थियो । चराको चिरबिर मन नपर्नेलाइ त्यत्रो गन्थन कताको मन परोस् ! ब्यापारी त उसका आँखाका कसिंगर नै थिए । हरेक कुरामा मोलमोलाई जो हुन्थ्यो । अन्य पेशामा पाखुरी अलि बढी चलाउन पर्ने हुनाले ऊ बेरोजगार बसेको थियो । दिउँसोभरि गाउँ डुलेर राति सुत्न घर आउनु बाहेक अरु काम उसको दैनिकीमा पर्दैन थिए । अनावश्यक कुरामा बहस गर्ने बानी परेकाले गाउँलेहरुको धुलाइ बेलाबेलामा नखाएको हैन विनयले तर पनि उसले आफ्नो बिचार कहिले उदार बनाउन सकेन । त्यही भएर पो माइलोले नि नमज्जाले मुखैमा मुक्का बजाको रैछ । रगताम्मे घर पुगेको विनयलाइ बुढीले कराइरही ‘काम छैन, गोदाइ खायो, घर आयो, यसो केही इलम गरेर खादा नि केहि बिग्रिदैन नि, काम त हो कतै खोजे केही न केही भेटिहालिन्छ नि ! यसो खोज्नु न ।’ उसले सुन्यो तर केही जवाफ फर्काएन, त्यो रात विनय छिटै सुत्यो ।

***

चिल्ला बाटोमा चिल्ला मोटरमा सयर गर्दै, विनय अग्ला अग्ला भवन अवलोकन गर्दै थियो । अलि मनमोहक दृश्य देख्यो कि गाडी रोकेर एक दुइ सेल्फी मारिहाल्थ्यो, अनि हालिहाल्थ्यो फेसबुक तिर ‘एट फलानो’ भनेर । अनि दिनभरि गनिरहन्थ्यो लाइक र कमेन्टहरु । धुलो धुवाँ उसले देख्न पाएको थिएन, पानी सफा नै बगेका थिए खोलामा, समुद्र विशाल देखिँदै थियो । समुन्द्रमा छाल देख्दा उसको मनमा छुटै तरंग उत्पन्न हुदै थियो । राम्राराम्रा केटीलाई गाडीको झ्यालबाट टाउको निकालेर जिस्काउन सिकिसकेको थियो उसले । हरेक नयाँ आँखा झिम्क्याइसँग उसले एकै केटी फरकफरक देख्थ्यो । प्रकृति र नारीकृति दुवैले विनयलाइ लोभ्याएका थिए ।
राम्रा केटीहरुसँग पार्टीमा झुमिरहेको विनय भोलिपल्ट बिहान आफ्नै नेपाली खाटमा विउँझिदा झसङ्ग भयो । एकछिन आफैलाइ धिक्का¥यो, सपनालाई सराप्यो, देशलाइ सराप्यो । ‘कस्तो चै खाटमा सुतेछु’ भनेर खाटलाइ गाली गर्न भने विनयले बिर्सियो । अलि रिसाएको विनय एकैछिनमा फेरियो, सधैं आलस्य ल्याउने सूर्यले केही उर्जा दिएको थियो उसलाई आज । फूल मग्मगाउन थालेका थिए । छोरो रोएको सुनेर दङ्ग परेको थियो ऊ । चिया पकाउन्दै गरेकी बुढीलाई डाक्दै भन्यो – बुढी, ए बुढी सुन् त !
“हन के भयो ?”
“म विदेश जान्छु ।”
“हैन, के भन्छन् यी बुढा !”
“हो बुढी, म विदेश जान्छु अब, पैसा कमाउन प¥यो नि !”
“अनि जाने खर्च नि ?”
“अलिकति खेत बेचौँला, अलिअलि ऋण गरौँला । उता पुगेपछि त म कमाउन थालिहाल्छु नि ! पैसा पठाउन थालिहाल्छु । तँ छोरो पढाउनु । मैले पठाएको पैसाले ऋण तिर्दै गर्नु हुन्न र ?”
“आ बुढा ! यही दुःख गरे भइहाल्यो नि !”
“तँ जान्ने नहो अब । मैले निर्णय गरिसकेँ । अब काठमाडौँतिर म्यानपावर कम्पनी बुझ्न जान्छु बरु ।”
त्यही दिन विनय जिनको झोलामा दुई जोर लुगा र नगद बोकेर काठमाडौँतिर लाग्यो ।

***

कटनको सर्ट, पेन्ट अनि अलिकति मुस्कुराइरहेको गोल्डस्टार जुत्ता लगाएर हिडेको विनय भोलिपल्ट काठमाडौँ पुग्यो । खोजखाज गरेर सस्तोमा बस्ने बन्दोबस्त मिलायो गौशालातिर । अनि म्यानपावर कम्पनीको खोजीलाई दैनिकी बनायो । पहिलाको दैनिकी र अहिलेको दैनिकीमा खासै फेरबदल भएको थिएन । पहिला गाउँलेसँग झगडा गथ्र्यो, दिनभरि गाउँ डुल्थ्यो राति सुत्न घर आउथ्यो । अचेल दिनभरी सहर डुल्छ, म्यानपावर कम्पनीमा झगडा गर्छ अनि राति सुत्न कुनै गौशालाको सस्तो होटल जान्छ । हरेक रात आश लिएर सुत्थ्यो विनय । अहिले गरेको दुःखले पछि सुख पाइन्छ भनेर केही आशावादी हुन थालेको थियो ऊ । त्यसैले होला काठमाडौँ छाडेर घर फर्कने उसले सोचेको थिएन । ल्याएको पैसा सकिसकेको थियो । गाउँबाट आउनेहरुलाई श्रीमतीले ऋण गरेर पैसा पठाउन थालेकी थिइन् । आधा सम्पत्ति सकेपछि बल्ल विनय विदेश जाने टुंगो लाग्यो ।


गाउँबाट श्रीमती र छोरो विनयलाई बिदाइ गर्न काठमाडौँ आए । अन्तर्राष्ट्रिय विमानस्थलमा विनय फूलमाला लगाएर बसेको थियो । बुढी रुँदै विनयको अंगालोमा बेरिएकी थिई । विनय सम्झाए झैँ गथ्र्याे, बुढी बुझे झैँ गर्थी । छोरो घरि आमातिर हेथ्र्याे घरि बाबातिर । आपूm हाँस्दा हाँस्ने आमा आज रोएको देखेर छोरोले पैचो ति¥यो, ह्वाँ गरेर । श्रीमतीका लागि असल श्रीमान् हुन मुस्किल हुँदो रहेछ, विनयले बुझ्यो । टिलपिल आँसु लिएरै भए पनि ऊ स्वास्नीलाई सम्झाइरहेको थियो – ‘आज दुःख गर्न जाँदैछु, भोलि सुखले छोरो हुर्काउन पाइएला भनेर त हो नि ! नत्र घर छोडेर परदेसिन कसलाई पो मन लाग्छ र ? यसो बुझ तिमी पनि, तिमी नै रोयौ भने छोरो कति रुँदो हो ? तिमीमा हौसला हुनुपर्छ । उसका लागि म नफर्कुन्जेलसम्मको एक मात्र अभिभावक पनि तिमी नै हौ । फर्केपछि सँगै भइहालिन्छ नि ।’ यति भनिसक्दा विनयकी श्रीमती झन् बेसरीले रुन थालिसकेकी थिइन् र पनि भन्दै थिइन् ‘चाडै फर्कनु ल ।’ हात हल्लाएर विनयले बिदाइ माग्यो र प्रतीक्षालयतर्फ लाग्यो ।
प्रतिक्षालयको कुर्सीमा बस्दा पनि काँडा बिझे जस्तो लाग्यो उसलाई । टाउको भारी भएर आयो, लड़ौला झैँ भयो । श्रीमतीको आँखाको गहभरीको आँसु सम्झियो । निर्दोष छोरो कुनै गल्ती गरेर रोए झैँ रोएको सम्झियो । बिदाइ गर्न लगाइएको मालाले घाँटी बिझाए जस्तो भयो । खादाले समेत थिचे जस्तो आभास भयो उसलाई । फर्किएर जाने बाटो थियो तर उद्देश्य थिएन । ‘पेसेंजेर्स मुभिंग टुवार्डस् क्वातार, प्लिज मुभ टु गेट टु’ भनेको सुनेर ऊ झन् तर्सियो । ऊ पसिनैपसिना भयो । अघि झार्न नचाहेका आँसु असिना जत्रा भएर खसे, गाला हँुदै मुखमा गएर नुनिलो भयो । प्लेन कराएर उड्दा सायद विनयकी श्रीमती कराएर रोइन् ।

***

कतारः
‘हेल्लो आइ एम् अल्सो फ्रम नेपाल’ विनय भन्दै थियो, उही रेलको एकै सिटमा बसेको ढाका टोपी लगाएको मान्छेलाई । ‘म नेपाली हुँ भन्ने थाहा हुँदाहँुदै के अंग्रेजीमा ‘आइ एम् अल्सो फ्रम नेपाल’ भनेर बोलेको त ?’ – ढाका टोपी लगाएको मान्छेले फिस्स हासेर जवाफ फर्कायो, विनय रातो नीलो भयो र छेउकै अर्को सिटमा स¥यो । साँचै कति साँघुरो छ है सोच, अनि कति प्रतिस्पर्धी छ यो दुनियाँ ! नत्र त्यति अंग्रेजी बोल्दैमा मजाक बनाउन पर्ने के थियो र ? परदेशमा नेपाली नेपाली कति मिल्छन् भनेर सुनेको थियो उसले तर त्यस्तो कहाँ हुँदो रै’छ र ? जहाँ पनि उपल्लो र तल्लो भनौंदो भावना त भइहाल्दो रै’ छ नि ! उसलाई माइलाको मुक्काले त्यति दुखेको थिएन जति अघिसम्म एकै सिटमा बसेको मान्छेको वचनले दुखेको थियो । उसले ठाउँलाई गाली ग¥यो, त्यहाँ बस्ने नेपालीलाई गाली ग¥यो, दुइटा रोटीको भरमा काम गर्न लाउने साहुलाई गाली ग¥यो । पैंतालिस डिग्री तापक्रम प्रदान गर्ने घामलाइ गाली नगरी ऊ कसरी बसोस् । अग्ला भवन देख्दा उसलाई सगरमाथाले आफ्नै देशमा फर्क भनेको आभास हुन्थ्यो । चिप्ला बाटोभन्दा उसलाई हिलाम्मे बाटो मन पर्न थालेको थियो । पानी आफ्नै देशको मन पथ्र्यो, त्यहाँका मिठा र चिप्ला बोलीभन्दा माइलाको झापु प्यारो लाग्न थालेको थियो । श्रीमतीको र छोराको मुस्कानले नेपाल हुँदा उर्जा दिएको थियो, अहिले त्यसैले उसलाई कमजोर बनाउँदै थियो ।
महिना दिनमै ऊ गलिसकेको थियो, दिक्क भइसकेको थियो । एकमनले भन्थ्यो घर फर्कौ, अर्को मन भन्थ्यो पैसा नकमाई नफर्कौ । आफ्नै मनसँग हैरान भएर घर पठाउन चिठी लेख्योः

प्रिय,
जिन्दगी सोचे जस्तो सजिलो कहाँ हुदोरहेछ र ? सपनामा देखेका चिल्ला बाटो र चिल्ला मोटरले चिल्ला जहाजमा सयर त गरायो तर जिन्दगी त्यसरी नै चिप्लिन सक्दो रहेनछ । लाग्छ, आजै कि भोलि कतै ठेस लाग्नेछ अनि म गन्तब्य नपुगी नै रोकिनेछु । छोरोको रुवाइले पनि मैले थाहा नपाई कति हौसला दिएको रहेछ, म आज थाहा पाउदै छु । तिम्रो मुस्कानले कति अर्थ राखेको रहेछ जिन्दगीमा, त्यो पनि बल्ल बुझ्दैछु । बालुवाको महल बनाउने अभिलाषा बोकिएछ प्रिय, सायद कहिले पूरा नहोला । तिमी छोरोको ख्याल गर । नमरी बाचे दैवले साँचे फेरि भेटौँला ।
उही तिम्रो,
विनय

***

चिठी घर आइपुग्यो, अनि एउटा कफिन पनि । कफिनले बोकेको थियो हजारौ सपनाहरु, हजारौ आशहरु, अनि हजारौ ढुकढुकीहरु । छोरोको आश अनि श्रीमतीको साहस एउटा बाकसमा बन्द थियो । उड्न नसकेका सपनाहरु, चुलिन नसकेको महल, तिरिन नसकेका ऋणहरु, पूरा गर्न नसकेका जिम्मेवारीहरु सोही बाकसमा कैद भएका थिए । श्रीमती रुदै थिइन्, छोरो फेरि केही नबुझी पैँचो तिर्दै थियो । श्रीमती सम्झिदै थिइन् होला सायद, ‘आज दुःख गर्न जाँदैछु, भोलि सुखले छोरो हुर्काउन पाइएला भनेर त हो नि ! नत्र घर छोडेर परदेसिन कसलाई पो मन लाग्छ र ? यसो बुझ तिमी पनि, तिमी नै रोयौ भने छोरो कति रुँदो हो ? तिमीमा हौसला हुनुपर्छ । उसका लागि म नफर्कुन्जेलसम्मको एक मात्र अभिभावक पनि तिमी नै हौ । फर्केपछि सँगै भइहालिन्छ नि ।’ फर्केपछि सँगै त भइन्छ तर कसरी फर्केपछि ?
छेउबाटै काका रेडियो बोकेर हिँडे । झ्यारझ्यार गर्दै रेडियो भन्दै थियो ‘सुनको बाला लाउने धोको………..’ ।

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *