रुख

Spread the love

त्यो रुख 
आज ढलेको छ 
एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तन
हिजो सम्म रुख ठाडो उभिएको थियो !
आज रुख ढलेको छ !

उसको मलामी जाँदा हुन्
त्यहि रुखमा गुँड बनाएर बसेका चराहरु
उनीहरुको चिरबिर आज एकोहोरो सुनिने छ –
शंख फुकाई जस्तो ! 
त्यो रुख 
आज ढलेको छ !

उसको मलामी जाँदा हुन् 
उसको छहारीमा बसी बाघचाल खेल्ने दुई बुडापाकाहरु
बाख्रा बाघले खाएमा केही चिन्ता छैन उसलाई 
आज त रुख ढलेको छ !

हावा नचली पात हल्लिन्न
अब हावा चले नि पात नहल्लिने भो ! 
आज त रुख ढलेको छ !

त्यो रुखको वियोगमा ती चराहरुले झारेको आँसु
छहारी नपाएर बुडापाकाहरुले बगाएको पसिना
अर्को रुख ठडिनलाई पुग्ने जल बनोस् !

जाउँ मलामी अब !
आज रुख ढलेको छ !

-आभास

6 thoughts on “रुख”

Leave a Reply to Sudarshan Cancel Reply

Your email address will not be published. Required fields are marked *