२०७२-०१-१२

अप्रिल २५, २०१५मा गएको विनाशकारी भूकम्पको सम्झनामा अप्रिल ३०, २०१५मा यो कविता लेखिएको थियाे | ढले ति स्वाभिमानी भवनहरू नढलेकाको शिर झुक्यो कति अंगभंग भए गर्ल्यामगुर्लुम ! … अस्तव्यस्त मानव जीवन घरमाथि बस्नेहरु घर मुनि छन् थिचीइरहेका ! … रहेन मन्दिर बचेनन् ‘स्क्वेर’हरु धरहराले हार मान्यो निर्विकल्प ! … कोही माथिबाट तल झरे कोही तलबाट …

२०७२-०१-१२ Read More »

सुकुटे बसाईं – थकान / आनन्द

बगरमा अनेकौ समूह, अनेकौ जोडी, सबैको आफ्नै ताल थियो | सबै आफ्नै प्रकारले रमाइरहेका थिए | कोही लिङ्गे पिङ्गमा रमाइरहेका देखिन्थे, कोही अंगालोमा | कोही नाचमा त कोही बातमा | नेपाल आमाका सन्तान थरीथरीका | असोज ५ , २०७५ हामी करिब २:३० तिर सुकुटे पुग्यौ होला | सागर दाइ र म व्यवस्था बुझ्न निस्कियौ, अरु गाडीमै …

सुकुटे बसाईं – थकान / आनन्द Read More »

सुकुटे यात्रा – मोटाहरुको सवारी !

यात्राका सहभागी: आभास (म आफैं), आकृत, गौरब, ग्रीश्मा, समता, सागर, बिदिश, कोमल, काजल, सहिष्णु असोज ५ , २०७५ बिहान ७:३० तिर जडिबुटीबाट गाडी चढ्यौ | गाडी सागर दाइले बुक गर्नु भएको थियो, पुरानो चिनजान भएको साथी रमेशसंग | म र सागर दाइ माइक्रोको अगाडी बस्यौ | समता दिदी र ग्रिश्मा जेष्ठ नागरिक लेखिएको सिट मुनि …

सुकुटे यात्रा – मोटाहरुको सवारी ! Read More »

हे इश्वर

हे इश्वर सुन्यौ के तिमीले ? कोही रोए जस्तो कोही कराए जस्तो ! एउटा कहाली लाग्दो रातमा कोही डराए जस्तो ? मलाइ जामैजाम सडकको बीचमा कराइरहेको एम्बुलेन्स त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको बिरामीको चित्कार जस्तै लाग्छ ! हे इश्वर, के सुन्यौ तिमीले त्यो ? आफु एक र आफुमा एक बोकेर नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी नारीको पाउले आफु …

हे इश्वर Read More »

रुख

त्यो रुख आज ढलेको छ एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तनहिजो सम्म रुख ठाडो उभिएको थियो !आज रुख ढलेको छ ! उसको मलामी जाँदा हुन्त्यहि रुखमा गुँड बनाएर बसेका चराहरुउनीहरुको चिरबिर आज एकोहोरो सुनिने छ –शंख फुकाई जस्तो ! त्यो रुख आज ढलेको छ ! उसको मलामी जाँदा हुन् उसको छहारीमा बसी बाघचाल खेल्ने दुई बुडापाकाहरुबाख्रा बाघले खाएमा केही चिन्ता छैन उसलाई आज त …

रुख Read More »

सम्झौता

सम्झौता गरेर परदेशियो ऊ श्रीमती संगको सम्झौता केहि बर्ष टाढा रहने ! छोरो संगको सम्झौता उसको भविष्यका लागि विदेशिने ! साउ संगको सम्झौता कमाएर फर्केपछि ऋण तिर्ने ! आमालाइ दिएको आस्वासन बुहारीले राम्ररी हेर्ने छे ! आफ्नो जिन्दगी संग त झन् कति सम्झौता गर्यो गर्यो ! दुइटा रोटि तातो घाम अनि बालुवामाथिको काम परिशान थियो …

सम्झौता Read More »

सम्झनामा

थपी तेल दियोमा म बलिरन्छु सम्झनामा ! सल्काइ चुरोट वियोगमा म जलिरन्छु सम्झनामा ! युगौ फड्को मार्दैछन् साथी संगी सबै उनकै यादले होला म अल्झीरन्छु सम्झनामा ! दुनिया चलोस् भबिस्यमा वर्तमान संगै भुत नै प्यारो मलाई म चलिरन्छु सम्झनामा ! लक्ष्य होला साराका ती टुंगो लाग्ने कतै ठेगान छैन पाउको म हल्लिरन्छु सम्झनामा ! गुलाब …

सम्झनामा Read More »

मान्छे

म तिम्रो यादलाई पर्खिरहेको मान्छे ! यादले होला भित्रैबाट चर्किरहेको मान्छे ! अहँ आएन जबाफ कुनै परिक्षामा सवालको सार्ने दाउमा पछाडी फर्किरहेको मान्छे ! भ्रस्ट नेता सुध्याउन जोगी बनि हिडेको छ सभा बाहिर गङ्गाजल छर्किरहेको मान्छे ! निकै बेर कुरिरहें, अहँ भेट्न आइन आँखाबाट आँसुपानी दर्किरहेको मान्छे ! -आभास

आयो गयो

समयको वेग आयो अनि गयो ! मनमा उदाशिनता छायो अनि गयो ! ‘मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ’ दिलले यस्तै गीत गायो अनि गयो ! खोलासम्म आएकै थे प्यासीहरु पिउन ‘मिनिरल वाटर’ लेख्या पायो अनि गयो ! आयो क्रोध जन्म्यो रिस एकाएक ममा मेरो रिसले मलाई नै खायो अनि गयो ! – आभास

के हो ?

जिन्दगीमा गति के हो दुर्गती के हो ? प्राप्ती के हो अनि क्षती के हो ? गरिब पनि धनी भएपछी भन्छ अरे यार जाबो त्यति के हो ? चामलका बोरा बेच्नेहरु नै भन्दै हुन्छन् त्यो मुला धानको पनि खेती के हो ? देश नै यता कता अन्तै बिकिसक्यो त्यो महाकाली के हो त्यो सेती के …

के हो ? Read More »