समयको वेग आयो अनि गयो !
मनमा उदाशिनता छायो अनि गयो !
‘मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ’
दिलले यस्तै गीत गायो अनि गयो !
खोलासम्म आएकै थे प्यासीहरु पिउन
‘मिनिरल वाटर’ लेख्या पायो अनि गयो !
आयो क्रोध जन्म्यो रिस एकाएक ममा
मेरो रिसले मलाई नै खायो अनि गयो !
– आभास