एउटा भुल

मैले एक हातले सियो समाते अनि अर्को हातले धागो समाते दुवै एकअर्काको नजिकै लगे र उने तिम्रो र मेरो सम्बन्ध !   छातीका कयौं फाटेका ठाउँहरुमा अघि उनेको सियो धागोले सिलाउदै गएँ घाउ सानो र टालीए जस्ता भए !   मैले लेखे धेरै कथा, कविता, गीतगजलहरु अघि उनकै सियो र धागोको भरमा मैले बनाएँ कति …

एउटा भुल Read More »

दुइ/दुइ – एक !

हाम्रो भेटको निकै पछी हामी एक भएका थियौ तिमीले मलाई आफ्नो दिलमा कैद गरेकी थियौ अनि मैले तिमीलाई आफ्नो दिलमा ! अहिले सम्झिदा यस्तो लाग्छ म तिम्रो र तिमी मेरो त्यहि बेला भैसकेका रैछौ जब हाम्रो पहिलो भेटमै मेरा आँखाले तिमीलाई कैद गरेका थिए अनि तिम्रा आँखाले मलाई !

यसरी निकालें पुल्चोकमा नाम

अहिले प्रवेशपरिक्षा दिन पुल्चोक आइरहेका हरुलाई देख्दा पुराना दिन सम्झना आउछन् ! निकै अगाडी लेखिएको एउटा संस्मरण ! नयाँ बानेश्वर स्थित ‘लिभरपुल इन्टरनेसनल कलेज’बाट वाह्रको परीक्षा दिइसकेपछी, एकतिर उच्च माध्यमिक शिक्षा सकिएको खुसि थियो भने अर्कातिर के पढ्ने कसो गर्ने भन्ने अन्योल | यहि दोधारे मन लिएर केहि दिनका लागि घर (बिराटनगर) फर्किएको थिएँ म | दश जोड …

यसरी निकालें पुल्चोकमा नाम Read More »

मलाई नसोध

मलाई नसोध जिउनु के हो भनेर जिन्दगी जिउन छोडेको धेरै भैसक्यो !   त्यो बेला जिउथे जस्तो लाग्छ जब आमाको काख मेरो सिरान हुन्थ्यो अनि म निदाईदिन्थे निस्फिक्री ! जिन्दगी त त्यो बेला जिउथे जस्तो लाग्छ जब बाको चोरी औंला समातेर घन्टौ ताते ताते गर्थे !   मलाई नसोध मुस्कुराउनु के हो भनेर जिन्दगीमा मुस्कुराउन …

मलाई नसोध Read More »

मेरो पुल्चोक मेरो गन्तब्य

‘भाग्यमानी ति हुन् जो पुल्चोकमा पढ्छन्’ म कक्षा दशमा पढ्दा एउटा निजी कलेजमा इन्जिनियरिंग पढ्दै गरेका छिमेकी दाइले भन्नुहुन्थ्यो, तर त्यो बेला मेरालागि ‘भाग्यमानी ती थिए जो ‘सेन्ट जेभियर्स’ पढ्थे !’ | एकमनले सधै सोच्यो यो ‘सेन्ट जेभियर्स’लाइ पनि मात दिने गरि पुल्चोक कताबाट उब्जियो फेरी ! पुल्चोकका बारेमा यति अनभिज्ञ हुदा हुदै पनि आज …

मेरो पुल्चोक मेरो गन्तब्य Read More »

सपना

मलाई लाग्छ, अघिल्लो दिन डुबेको घाम झन् चर्को तापले संसार उज्यालो पार्ने ध्याउन्नले उदाउछ, त्यसैले त हरेक बिहानीले एउटा आशा लिएर आएको हुन्छ, नयाँ बिहानीसँगैको नयाँ उर्जा, नयाँ बिहानीसँगैको नयाँ आशा, नयाँ बिहानीसँगैको नयाँ फूलहरु अनि नयाँ बिहानी संगैको नयाँ सुगन्ध । यी चिज मन नपराउने बिरलै भेटिँदा हुन् । मलाई लाग्छ यी चिज मन …

सपना Read More »

चिया जिन्दगी

एक पछिको अर्को सर्को बिसाउदिन हातको गिलास न गफ नै रोकिन्छ सायद चियाले ओठमा तागत पो दिन्छ कि ? साउनीको मन्द मुस्कानले हो कि ! माघको यो जाडोले पो हो कि ! ओठ बोल्छ दिमागले थाहा नपाई अर्को एक कप !! जे होस् चिया को सर्को संगै गिलास रित्तिदै छ बैसको यो जवानी नि ! …

चिया जिन्दगी Read More »

खलासी

जाने हो ? बानेश्वर, तिनकुने, जडिबुटी, प्लानिंग यात्रु समेट्ने गरि हात फैलाएर आएको हुन्छ स्टेसनका मान्छे नचड्ने भएपछी त्यहि हात ल्याएर टिनमा बजार्छ दुइ चार चोटी लगातार सायद, रिस पोखेको होला ! तिनै स्टेसनका मान्छे जाने भएपछी कति मज्जाले भन्छ पर्खनुस् दाइ झर्नेछ | अनि ढाड सुम्सुम्याएझैँ गरी चढाउछ टिनको बाकसमा र बनाइदिन्छ बन्दक ऊ …

खलासी Read More »

हो कि

बसेकी छे दोबाटोमा मलाइ नै हेरी हो कि ! अस्ति भन्दा राम्री भाछे रुप नै सारा फेरी हो कि ! ठेस लाग्यो हिड्दा हिड्दै भुले एकछिन भए पनि एकोहोरो हेर्दा आँखा झिम्काउदा खेरी हो कि ! कागज रैछ हातमा, यसो उसो खेलाईराकी दिनै लागि प्रेमपत्र ! राता रातै केरी हो कि ! अर्कैले पो अंगालोमा …

हो कि Read More »

आइदिनु

भित्रि मन देखि मलाई सदासदा चाहिदिनु ! उठाउन झिसमिसेमा सम्झिएर आइदिनु !   बसे भने कतै ठाउँ रोजी ति घाम छरिएका म नै बसे तिर तिमी सितल भई छाइदिनु !   उराठ यो जिन्दगीलाइ सम्झनामा चुडुला कि माधुर्य त्यो छर्नलाइ कोइली स्वोरमा गाइदिनु !   बिलिन भइ आँखाबाट बिदामा पो गएकी हौ ? माया सम्झी …

आइदिनु Read More »