समर्पण

आज भन्दा छ वर्ष अगाडी मेरा गाला उजाड थिए | हरियाली त केवल वातावरणमा मात्रै देखिन्थ्यो | अचेल वातावरणभन्दा मेरा गालामा हरियाली वृद्धि भएको छ | आइ.एस्.सी दिएर काठमाडौँ लम्कदा मसंग के थियो के थिएन, अहँ केही सम्झन्न, सम्झन्छु त केवल मनका बहहरू, मुटु बाट पम्प भएर बग्ने रगतसँगै बगेका सपनाहरू | सफल भएर आफ्नो …

समर्पण Read More »

सुरुवात

टुडिखेलमा चराका एक हुल उडे | बसपार्क-सुर्यविनायक रुटको गाडीको अन्तिम सिट तिर बसेका हामीले हेर्यौ | उसको अनुहारमा बेग्लै चमक थियो | हातमा क्यामेरा भएको भए सायद त्यो दृश्य कैद पनि गर्थी होली | फोटोग्राफी प्रति मेरो जत्तिको मोह छ उसको पनि त्यति नै छ | जे होस् धेरै कुरा नियाल्दा हामी साथ हुनु स्वभाबिक …

सुरुवात Read More »

जिन्दगी

जीत सोची अंगालेको हार रैछ जिन्दगी ! हाँसो र रोदनको सार रैछ जिन्दगी ! सधै काँधमा भरियाझैँ बोकी राख्नुपर्ने आफैलाई पो थिची रहने भार रैछ जिन्दगी ! गुलाफ होला फक्रिएर सुवास दिन्छ सोंचे वैलिएर गनाउने झार रैछ जिन्दगी ! फुक्दैमा निभिजाने तिहारको दियो जस्तै न त्यस्तो खास न बेकार रैछ जिन्दगी !

घातक हुन सक्छ

नमुस्कुराउनु ओठ खोलि घातक हुन सक्छ नजिस्काउनु मिठो बोलि घातक हुन सक्छ !   जान्या होलि अनेक थरि लुट्न अरुलाई पिलाइदेलि प्रेमको गोलि घातक हुन सक्छ !   सिनेमा ति संगै हेरी दङ्ग पर्न छोडिदिनुस मक्ख आज फेरि भोलि घातक हुन सक्छ !   रात संगै बिताउ अनि जुनी संगै कटाउ भन्ली रित्ति जालान पर्स …

घातक हुन सक्छ Read More »

आमा

मैले संसार हेरी हास्ता तिमी पक्कै रोयौ होला काखमा राखी लुटुपुटु शिर मेरो छोयौ होला स्याहार सुसार मेरै लागि कोक्रो तिमीले हल्लाएर लिटो मिठो खुवाउदै खुसी आफ्ना खोयौ होला रमाइला ठट्टा मेरा लुकिछुपी मैले गर्दा खोज्दै मलाई हडबडाउदै तिमी पक्कै रोयौ होला सपनामा लड्खडाउदै ठेस लागि लड्दा म छोरो भनि कराउदै निदमै तिमी रोयौ होला …

आमा Read More »

फलानो

कुर्सी चट्ट मन्त्रीको त्यो आशन माग्दै थिए विपक्षी ति आन्दोलन्मा शासन माग्दै थिए कलियुग टेकिएछ आफू बाँचे पुग्यो आसँु झार्दै जन यता रासन माग्दै थिए नेता गिरी चलन यहाँ, प्यारा मन मर्जी काकाकुलझैँ व्याकुल युवा भाषण माग्दै थिए गगन चुम्नु पर्ने मुलुक धस्यो पाताल मुनि रुदै चिन्तक, देश बदल्ने पाषण माग्दै थिए

थोत्रा डस्टबिन

थोत्रा डस्टबिन भाषण कतै गाउथे नेपथ्यमा भाषण सगै सगैँ भट्टी कतै धाउथे नेपथ्यमा चुनावी ति प्रचार प्रसार जनमाझ यसो उसो विलीन भइ, पछि कतै छाउथे नेपथ्यमा कलम पनि गलत ठाउँमा कानुन के को लेख्थे हाजिर गर्दा ल्याप्चे कतै लाउथे नेपथ्यमा देश र जनको के को चिन्ता खोलाका ति माछा भए लोकल ठर्रासगँै निंद्रा भ्याउथे नेपथ्यमा …

थोत्रा डस्टबिन Read More »