यस्तै उस्तै

Spread the love

स्काईपमा डेड घण्टा जति हेराहेर र कुराकानी भएपछी हरेस मानेरै मैले फोन काटे | उ पनि हरायो, मेरो डेल ल्यापटपको स्क्रिन बाट, मनले भने उसैलाई खोजि रहयो, आँखाले हेरीराख्न सकेन | त्यसैले काटेकि थिएँ | ‘चरेस खाए नि हरेस नखानु’ भनेर सानै देखि सिक्दै आएको पाठ हो | तर जब परिस्थिति नै आफु बिरोधि भएर उत्रिन्छ, चरेस र हरेस दुवै आफ्ना साथि बनिदिदा रैछन्, हो त्यस्तै भयो |

माघ महिना

उ, अर्थात् मैले मानेको उ, मैले सोचेको उ, मेरै उ, अर्थात् मेरै सिभम | उ त्यति खेर मेरो उ थिएन, मेरो शिभम थिएन, उ कसैको थियो थिएन त्यो नि थाहा थिएन | बोलि चाली सधै जसो भैरहन्थ्यो, आखिरमा एकअर्काको छिमेकी जो थियौ | मेरो बाबाले उसको बाबालाइ चिन्ने, मामुले मामुलाई, भाइ बहिनीहरुले उसलाइ अनि उसको दिदीलाइ, एक अर्का बीच परिचित परिवार नै थियो | र पनि नजिक ल्याउने चिज फेरि पनि फेसबुक नै बनिदियो | उ काठमाडौँमा पढ्छ, म यतै बिराटनगरमा | यसैबीच हाम्रो सामान्य कुरा बीच उसले प्रस्न गर्यो :

सुप्रिया, आइ लभ यु !

प्रश्न यसर्थमा भयो कि ‘आइ लभ यु’ भने पनि पछाडी लुकेका दुइ शब्द अझै हुन्छन् ‘डु यु ?’

म खलबलिए, एकोरिहे, के भनौ के नभनौ, ‘नो’ भनौ त यति राम्रो मित्रता टुट्छ भन्ने डर, यति छिटै निर्णय लिएर ‘एस’ भनौ त पछीका दिन हरुमा आफैलाइ समस्या पर्ला भन्ने डर ! दोधारे मन बीच लाचार भएर चेपिए म, के भनौ र के नभनौ भन्ने अवस्थामा | एकछिन बोलिन ! ओठ मुख सबै सुके ! नसुकुन् पनि किन त्यति नजिक भएको साथीले मलाई आज सम्म प्रपोज गरेको थिएन | प्रपोजल नआएको भन्ने हैन, तर जातिका आए ति सबै म प्रति आकर्षित मात्रै थिए | गरे त रुप हेरर गरे, प्रपोज | अहिले आएको प्रपोजल भिन्न थियो, छिमेकी को प्रपोजल, मिल्ने साथिको प्रपोजल, उसको प्रपोजल, शिभमको प्रपोजल | उसले रुप मात्रै हैन मन नि हेरेर प्रपोज गरेको सोचे मैले | त्यसैले अरुलाइ जसरि एकै चोटी ‘नो’ भने उसलाई त्यसरी नै बिदाइ गर्न मन लागेन, सकिन पनि | भने :

‘मलाई केहि समय देउ शिभम’ !

लामो सास फेरे !

मैले यति भन्नु अगाडी नै उसको ६ वोटा मेसेज आइसकेका रैछन् |

“सुप्रिया ! गायब ?

ओए कता गयौ ?

रिसायौ के ?

इफ इट्स नो देन से नो, इट्स ओके

भन न के भयो ?

आर यु अलराइट ?”

मैले केवल ‘‘मलाई केहि समय देउ शिभम’ ! भनेर सबै प्रश्नको उत्तर दिए !

उसलाई खाँचो परेको जवाफ पनि त यहि त थियो | खै के सोचेर प्रपोज गर्यो, थाहा भएन ! हासेर गर्यो कि गम्भीर भएर गर्यो ! कतै अरु केटाहरु जस्तो हात समाएर हिड्ने तृष्णा मेट्न त गरेन ? दुइ चार वोटा फुस्रो लभलेटरमै माया साटासाट गर्न त गरेन ? हैन त्यसरी त गरेन होला, म सम्हालिए ! जे भए पनि परिवार थियो, राम्रो सुखी, उसको नि मेरो नि | छिमेक मै भाडभैलो मच्चाउने न उसको मन हुन्छ न मेरो | उसले मलाई मन मात्रै पराउदैन माया नि गर्छ | मैले यसो सोचीरहदा उ प्रति मेरो नि माया भएको पाएं | यति सम्म मैले अरु कुनै प्रपोजल आउदा न सोचेको थिए न सोच्न नै चाहे | सोच्नुमा कुनै अर्थ पनि थिएन | उ जत्तिको नजिकिएको कुनै साथिले प्रपोज गरेको भा पो सोच्नु !

उसले प्रपोज गरेको आज तेश्रो दिन ! केही जबाफ बोकेर आउछे भनेर उ पनि कुरिरहेकै होला | मलाई भने फेसबुक ‘लग इन’ गर्ने साहस नि थिएन | सायद आजको दिन मैले उसलाई जवाफ दिनु पर्ने बाध्यताले नि होला | मैले उसंग सोच्नेलाइ समय मागेको थिए, मेरो समय, उसको हैन | तर मेरो मात्रै समय कसरि भयो? मैले मेरो जीवन बाजीमा लाउदै थिए, उसैलाई जिताउन सक्छु कि भन्ने हिसाबले | मैले कि ‘एस’ भन्नु थियो कि ‘नो’ ! ‘एस’ भन्दा उसले जित्छ, ‘नो’ भन्दा दुवै हार्छौ ! मैले यति सोचे | फेसबुक ‘लग इन’ गरें |

एक प्रेमी जसरि आफ्नी प्रेमीका कुरिरहन्छ, रत्नपार्कमा वा ‘काठमाडौँ मल’ अगाडी वा कतै या कतै, सायद उ त्यसरी नै पर्खिरहेको थियो होला मेरो अस्तित्व, फेसबुकको च्याट लिस्टमा ! त्यसदिन मैले नै सुरु गरे सम्बाद ताल न बेताल को सुनिने गरि ‘एस’ भनेर ! ताल न बेतालको यसर्थमा भयो, हामी अगील्लो दिन ‘बाइ’ भनेर छुटेका थियौ ! अब ‘बाइ’ पछी एकै चोटि ‘एस’ भन्ने रेप्लाई त ताल न बेताल भन्दा कहाँ कम भयो र ! सायद उ उज्ज्यालियो होला | गोरो त मोरो पहिले देखि नै हो :डी तेही नि एउटा बेग्लै चमक छायो होला सायद ! मुस्कुरायो होला !🙂  इमो पठायो ! यता म भने भित्रै देखि नै गलिराथे, के गरौ के नगरौ उकुसमुकुस भैराथ्यो ! बास्तबमा केटा मान्छे केटी भन्दा अलि बढी नै स्वार्थी हुन्छन् जस्तो लाग्यो ! नत्र एउटी केटी भित्रै देखि गल्दा, कसैले🙂 पठाउछ भने के बुझ्ने ? के उसले मेरो भावना को कत्ति पनि कदर गर्न जानेन ? कि उसले पनि अरु जस्तै मेरो रुप मात्रै देखेको छ, मन बुझ्न सकेको छैन ? वा उ म पाएर निकै खुसि छ ? संका उपसंका बढ्दै गए, नबढुन् पनि किन, मैले जिन्दगी उसैलाइ त सुम्पेकि थिए ! उसले नि मेरो भावना बुज्दीयोस् सम्म नि सोच्न नपाउनु मैले ? कमसेकम “कस्तो फिल भैराछ सुप्रिया” सम्म त सोध्न सकिन्छ नि ! उसले सोधेन ! म झन् खलबलिए ! तेही खल्बलिए कै मन लिएर नै कुरा सिध्याए र सुते !

अमेरिकाको हरेक देशमा हैकम जमाउने कुराका धेरै बिरोधि छन् | म भने कट्टर समर्थक ! काठमाडौँ मा बस्ने उ अनि बिराटनगरकि म, हामी दुइ लाइ मिलाउने अमेरिका कै सोसियल साइट त थियो- फेसबुक ! हाम्रो भेट सधै हुदैन थियो | बेलाबखत उ घर आउदा हुने हो, दशैको बेला, तिहारको बेला | गर्मि र जाडोको नि बिदा हुन्थ्यो तर उ काठमाडौँ मै मनाउथ्यो ति बिदाहरु मलाई अलि परै राखेर | निकै दुख लाग्थे ति दिन ! आखिर किन आउदैन उ ? मलाई भेट्न आउदैन ठिकै छ, परिवार लाइ त भेट्न आउनु ! परिवार लाइ भेट्न आउदैन ठिकै छ, मलाई त भेट्न आउनु ! म उसको परिवार को भन्दा आफ्नै बढी पर्वाह गर्थे ! जो कोहीले नि तेही गर्छ ! फोनमै कुरा गरेर चित्त बुझाउथ्यो उ, मलाई भने उसलाई नहेरी चित्त नबुझ्ने ! केटिको न मन अलि बढी भाबुक र संबेदनसिल त भै हाल्छ नि आखिरमा माया पनि त बढी नै हुन्छ ! फोन काटेपछि घन्टौ रुन्थे ! अनि पछी आफै सम्हालिन्थे !

****************************************

कांचझैँ भैदियो सम्बन्ध ! भुइमा खस्ने बित्तिकै कांच फुटे जसरि फुट्यो हाम्रो सम्बन्ध पनि, एक रात उसले यस्तो मेसेज पठाए पछी :

‘सुप्रिया, हामी संगै हुनु यति नै रहेछ ! अर्को कुरा म त्यति सिरियस थियिन जति तिमी भयौ ! आइ वाज जस्ट किडिंग ! आइ जस्ट ब्रोक लास्ट विक एंड जस्ट टक्ड विद यु ! देयर इज नथिंग बिट्विन अस, इट्स अल ओभर नाउ ! गुडबाइ ! ‘

म सम्हालिन सकिन ! आँसु गाला भिजाउदै मुखमा गएर अमिलो भए ! मन चिसियो ! आफैलाई सम्हाल्न सकिन ! सम्झाउने हिसाबले मेसेज गरे रिप्लाई सम्म गरेन ! फोन गरे उठाएन ! कत्ति सम्म निर्दयी हुन सक्दो रैछ मान्छे ! उ मेरा लागि कुपात्र भएर निस्कियो ! म रोइरहे | मन, आँखा अनि सिरानी त्यो दिन सबै भिज्यो, एकैचोटी, एकैरात !😦

पछि उसलाई स्काईपमा बोलाए ! हेराहेर गरेर घन्टौ बोलियो तर उसको मन पग्लिएन ! प्रपोज उसले गरेको थियो तर उसलाई मेरो जति माया लाग्थ्यो त्यो भन्दा बढी म उसलाई गर्न थालिसकेको थिए ! उसलाई सम्झाए, सम्झियेन ! ढुंगा पग्लेला, उसको मन पग्लिदैन भन्ने सम्म सोचे ! आखिरमा उ निर्दयी नै रैछ !

छुटिएको महिनौ पछी उसले र मैले भेट्ने निर्णय गर्यौ ! त्यस दिन पनि मैले सम्झाए, त्यो भन्दा बढी त म गर्न पनि सक्दिनथे ! आँखामा हेरेरे ‘आइ लभ यु’ नि भने ! अह केहि लागेन ! ‘तिमी र म टाढा छौ हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन ! हामी बीच ग्याप रहन्छ सुप्रिया ! मलाई अर्कै केटी मन पर्न सक्छ, केटाहरु त्यस्तै हुन्छन् !’ केटालाइ सानै देखाएर भए पनि मलाई सान्त्वना दिए जस्तो गर्यो | मेरो लागि त्यो स्वीकार्य भएन | ‘तिमी र म टाढा छौ हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन ! हामि बीच ग्याप रहन्छ सुप्रिया ! …..” उसको यहि वाक्य मात्रै दिमागमा घुमिरह्यो ! म निराश भएरै घर फर्किए ! टाढा हुदा त झन् माया बढ्छ नि हैन र ! खाडीमा पैसा कमाउन गएका श्रीमानलाइ नेपालमा भएकी श्रीमातीको माया लाग्दैन र ? आफ्नी आमाको माया लाग्दैन र ? छोरा छोरी बाबा आउने बाटो हेरेर बस्दैनन् र ? खैर जे होस्, उ ‘पान्डोरा को मिस्टरि बक्स’ जस्तै भयो ! मैले कहिले नबुझ्ने !

अझै पनि ‘आफु बिराटनगरमै पढेको मा पछुतो लाग्छ……………….., कास म पनि काठमाडौँमा पढिरा हुन्थे’ ! यहि भावना आइरहन्छ मनमा जब जब उसको ‘‘तिमी र म टाढा छौ हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन ! हामि बीच ग्याप रहन्छ सुप्रिया ! ……………..’ सम्झन्छु !

जति टाढा भए पनि म उसैलाई कुरीरहेकी छु | यी आँखाहरुले उसकै बाटो हेरर बसेको छ ! फर्कन्छ वा फर्कन्न मेरै भएर टुंगो नभएनि !

I would wait a lifetime, if it means I could be with you🙂

Leave a Comment

Your email address will not be published. Required fields are marked *