जब जिन्दगी शिशिर जस्तो थियो
उराठ, खालि, सुन्य पट्यार लाग्दो
मेघबाट एकाएक बर्सिए मोतिका दाना
अनि बनाइदिए उराठ शिशिरलाइ वसन्त
गुलाफले उराठपन हटाउन थाल्यो
खालि त म भएको थिए – भावसुन्य
पट्यार भन्दा बढी पत्यार लाग्न थालेको थियो !
एकाएक हुरीले भाच्यो
फक्रन नपाएकै गुलाफको मुना
भरिदियो मन नैराश्यता र बनाइदियो धुलाम्मे
अनि पट्यार र पत्यारको भुमरीमा रुम्मलिरहे
जिन्दगी न शिशिर भयो न बसन्त !