म फुटें
अनि टुक्रिए
तितरबितर यता उति
संगालेर नसंगालिने गरि
अरु पुगेछन अगाडी निकै
बगेको खोला नफर्किदो रहेछ
म त यतै रोकिए
कैले नबढ्ने गरि
संगालेर हेर्छु छरपस्टीएका
मोतिका दाना
माला पोते नबन्दो रहेछ
सोच्छु यहि हो जीवन गति
एक चोटी टुक्रेपछी
अनि बिसाउछु कलम
कहिले नउठाउने गरि
म अस्ताए
कहिले नउदाउने गरि !!