चिया जिन्दगी

Spread the love

एक पछिको अर्को सर्को

बिसाउदिन हातको गिलास

न गफ नै रोकिन्छ

सायद चियाले ओठमा तागत पो दिन्छ कि ?

साउनीको मन्द मुस्कानले हो कि !

माघको यो जाडोले पो हो कि !

ओठ बोल्छ दिमागले थाहा नपाई

अर्को एक कप !!

जे होस् चिया को सर्को संगै

गिलास रित्तिदै छ

बैसको यो जवानी नि !

तर चिया रित्तिदैमा मात्रै जोबन रित्तिने हो र ?

अनि फेरी अर्को कप रित्त्याउछु रित्तिरहेको जोवन संगै!!

 

 

 

Leave a Comment

Your email address will not be published.