थोत्रा डस्टबिन भाषण कतै गाउथे नेपथ्यमा
भाषण सगै सगैँ भट्टी कतै धाउथे नेपथ्यमा
चुनावी ति प्रचार प्रसार जनमाझ यसो उसो
विलीन भइ, पछि कतै छाउथे नेपथ्यमा
कलम पनि गलत ठाउँमा कानुन के को लेख्थे
हाजिर गर्दा ल्याप्चे कतै लाउथे नेपथ्यमा
देश र जनको के को चिन्ता खोलाका ति माछा भए
लोकल ठर्रासगँै निंद्रा भ्याउथे नेपथ्यमा
देशका लागि उदाहरण नमुना पो हुन् कि !
कहिले गाडी नचढेझैँ गरि आउथे नेपथ्यमा