गजल

सम्झनामा

थपी तेल दियोमा म बलिरन्छु सम्झनामा ! सल्काइ चुरोट वियोगमा म जलिरन्छु सम्झनामा ! युगौ फड्को मार्दैछन् साथी संगी सबै उनकै यादले होला म अल्झीरन्छु सम्झनामा ! दुनिया चलोस् भबिस्यमा वर्तमान संगै भुत नै प्यारो मलाई म चलिरन्छु सम्झनामा ! लक्ष्य होला साराका ती टुंगो लाग्ने कतै ठेगान छैन पाउको म हल्लिरन्छु सम्झनामा ! गुलाब …

सम्झनामा Read More »

मान्छे

म तिम्रो यादलाई पर्खिरहेको मान्छे ! यादले होला भित्रैबाट चर्किरहेको मान्छे ! अहँ आएन जबाफ कुनै परिक्षामा सवालको सार्ने दाउमा पछाडी फर्किरहेको मान्छे ! भ्रस्ट नेता सुध्याउन जोगी बनि हिडेको छ सभा बाहिर गङ्गाजल छर्किरहेको मान्छे ! निकै बेर कुरिरहें, अहँ भेट्न आइन आँखाबाट आँसुपानी दर्किरहेको मान्छे ! -आभास

आयो गयो

समयको वेग आयो अनि गयो ! मनमा उदाशिनता छायो अनि गयो ! ‘मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ’ दिलले यस्तै गीत गायो अनि गयो ! खोलासम्म आएकै थे प्यासीहरु पिउन ‘मिनिरल वाटर’ लेख्या पायो अनि गयो ! आयो क्रोध जन्म्यो रिस एकाएक ममा मेरो रिसले मलाई नै खायो अनि गयो ! – आभास

के हो ?

जिन्दगीमा गति के हो दुर्गती के हो ? प्राप्ती के हो अनि क्षती के हो ? गरिब पनि धनी भएपछी भन्छ अरे यार जाबो त्यति के हो ? चामलका बोरा बेच्नेहरु नै भन्दै हुन्छन् त्यो मुला धानको पनि खेती के हो ? देश नै यता कता अन्तै बिकिसक्यो त्यो महाकाली के हो त्यो सेती के …

के हो ? Read More »

हो कि

बसेकी छे दोबाटोमा मलाइ नै हेरी हो कि ! अस्ति भन्दा राम्री भाछे रुप नै सारा फेरी हो कि ! ठेस लाग्यो हिड्दा हिड्दै भुले एकछिन भए पनि एकोहोरो हेर्दा आँखा झिम्काउदा खेरी हो कि ! कागज रैछ हातमा, यसो उसो खेलाईराकी दिनै लागि प्रेमपत्र ! राता रातै केरी हो कि ! अर्कैले पो अंगालोमा …

हो कि Read More »

आइदिनु

भित्रि मन देखि मलाई सदासदा चाहिदिनु ! उठाउन झिसमिसेमा सम्झिएर आइदिनु !   बसे भने कतै ठाउँ रोजी ति घाम छरिएका म नै बसे तिर तिमी सितल भई छाइदिनु !   उराठ यो जिन्दगीलाइ सम्झनामा चुडुला कि माधुर्य त्यो छर्नलाइ कोइली स्वोरमा गाइदिनु !   बिलिन भइ आँखाबाट बिदामा पो गएकी हौ ? माया सम्झी …

आइदिनु Read More »

सकिन

रुदै थियो मन कतै हास्न सकिन ! बेदना यी भरिएका साट्न सकिन !   बिछोड हाम्रो भएको थाहा पाएको छु जलाई फोटो तिम्रो भने ताप्न सकिन !   जीवन गोरेटोमा तिम्ले ढाँटे पनि सत्य तेही ठानी मैले काट्न सकिन !   चोखो माया मेरो तिम्ले लत्याई गयौ के भो ? बिर्सी तिम्लाई नाता अन्त गाँस्न …

सकिन Read More »

तिमी

हँसिलो त्यो मुहार तिम्रो जाल भयो हेर बैंसालु त्यो जोबन देखि छाल गयो हेर !   दैब र समय त्यो बाधा बनि आउदा तिमीलाई नभेटेको साल भयो हेर !   मायालुको झझल्को त्यो मनमा सदासदा तड्पिएर मरिजाने हाल भयो हेर !   डुबाएर नयनको सागरमा मलाई मार्न खोज्ने निस्ठुरीको चाल भयो हेर !   टुक्रिदाको …

तिमी Read More »

गरुँला र म ?

तिम्ले रुदै आँसु झार्दा हांसुला र म ! वियोगमा तिम्रो मेरो बाँचुला र म !   माया मेरो सदासदा तिम्रै लागि हो बिर्सी तिम्लाई प्रेम अन्त गांसुला र म !   तिम्ले छाडी गएर के भयो र मलाई बाचा मैले तिम्लाई दे’को मांसुला र म !   तिम्रै लागि त्याग मैले हास्दै गरेको हुँ तिमी …

गरुँला र म ? Read More »

माया तिमी

टाढा भयौ तिमी र पो झन् झन् माया बढ्दोरैछ ! आँखा अघि अचेल सधै तिम्रो छाँया पर्दोरैछ !   मायाका ति बेग्लै अनेक रुपहरु हुन्छ भन्छन् यादमा ति आँसु पनि माया बनि झर्दोरैछ !   बिपनीमा साथ छ तिम्रो अनि सपनीमा प्रेमको सागर संगै मिलि यहि ज्यानले तर्दोरैछ !   केराइ मेरा बेदना हुन् सन्देश …

माया तिमी Read More »