थपी तेल दियोमा म बलिरन्छु सम्झनामा !
सल्काइ चुरोट वियोगमा म जलिरन्छु सम्झनामा !
युगौ फड्को मार्दैछन् साथी संगी सबै
उनकै यादले होला म अल्झीरन्छु सम्झनामा !
दुनिया चलोस् भबिस्यमा वर्तमान संगै
भुत नै प्यारो मलाई म चलिरन्छु सम्झनामा !
लक्ष्य होला साराका ती टुंगो लाग्ने कतै
ठेगान छैन पाउको म हल्लिरन्छु सम्झनामा !
गुलाब ति टाढीगइन् समाउनलाई अब
काँडा बोकी ठिन्ग्रिंग म फलीरन्छु सम्झनामा !
-आभास