म तिम्रो यादलाई पर्खिरहेको मान्छे !
यादले होला भित्रैबाट चर्किरहेको मान्छे !
अहँ आएन जबाफ कुनै परिक्षामा सवालको
सार्ने दाउमा पछाडी फर्किरहेको मान्छे !
भ्रस्ट नेता सुध्याउन जोगी बनि हिडेको छ
सभा बाहिर गङ्गाजल छर्किरहेको मान्छे !
निकै बेर कुरिरहें, अहँ भेट्न आइन
आँखाबाट आँसुपानी दर्किरहेको मान्छे !
-आभास