टाढा भयौ तिमी र पो झन् झन् माया बढ्दोरैछ !
आँखा अघि अचेल सधै तिम्रो छाँया पर्दोरैछ !
मायाका ति बेग्लै अनेक रुपहरु हुन्छ भन्छन्
यादमा ति आँसु पनि माया बनि झर्दोरैछ !
बिपनीमा साथ छ तिम्रो अनि सपनीमा
प्रेमको सागर संगै मिलि यहि ज्यानले तर्दोरैछ !
केराइ मेरा बेदना हुन् सन्देश पुगोस् तिमीसम्म
संगै बाच्ने मर्ने मनले कामना नि गर्दोरैछ !