टुक्राटुक्री समाचार त्यो सोर्दै थियो कलम
भ्रस्ट नेता एक छेउमा कोर्दै थियो कलम
डुबेकै हो त मुलुक ! नीति नियम बेगर
षड्यन्त्र र जाल साजि फोड्दै थियो कलम
हात परे मोटा बिट्टा नगदको अहो !
तथ्य नंया आयाम सहित मोड्दै थियो कलम
बोक्रे कलमजीबी बरु पोख्न छाड विचार
तरबारसंग नाता साइनो जोड्दै थियो कलम !!