गरुँला र म ?

Spread the love

तिम्ले रुदै आँसु झार्दा हांसुला र म !

वियोगमा तिम्रो मेरो बाँचुला र म !

 

माया मेरो सदासदा तिम्रै लागि हो

बिर्सी तिम्लाई प्रेम अन्त गांसुला र म !

 

तिम्ले छाडी गएर के भयो र मलाई

बाचा मैले तिम्लाई दे’को मांसुला र म !

 

तिम्रै लागि त्याग मैले हास्दै गरेको हुँ

तिमी हुदै मनमा अरु टासुला र म !

 

चिठी बनि रचना यी पुगे तिमीकहाँ

नपत्याउली तर तिम्लाई ढाँटुला र म !!

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *