तिमी

Spread the love

हँसिलो त्यो मुहार तिम्रो जाल भयो हेर

बैंसालु त्यो जोबन देखि छाल गयो हेर !

 

दैब र समय त्यो बाधा बनि आउदा

तिमीलाई नभेटेको साल भयो हेर !

 

मायालुको झझल्को त्यो मनमा सदासदा

तड्पिएर मरिजाने हाल भयो हेर !

 

डुबाएर नयनको सागरमा मलाई

मार्न खोज्ने निस्ठुरीको चाल भयो हेर !

 

टुक्रिदाको जवान मुटु गडगडाउदै आज

आवाज त्यो बेसुरको ताल भयो हेर !!

Leave a Comment

Your email address will not be published. Required fields are marked *