रुदै थियो मन कतै हास्न सकिन !
बेदना यी भरिएका साट्न सकिन !
बिछोड हाम्रो भएको थाहा पाएको छु
जलाई फोटो तिम्रो भने ताप्न सकिन !
जीवन गोरेटोमा तिम्ले ढाँटे पनि
सत्य तेही ठानी मैले काट्न सकिन !
चोखो माया मेरो तिम्ले लत्याई गयौ के भो ?
बिर्सी तिम्लाई नाता अन्त गाँस्न सकिन !
अंगालोमा बाधिएकी देखेको छु कतै
दुखाएर मन मुटु बाच्न सकिन !!