आइदिनु

Spread the love

भित्रि मन देखि मलाई सदासदा चाहिदिनु !

उठाउन झिसमिसेमा सम्झिएर आइदिनु !

 

बसे भने कतै ठाउँ रोजी ति घाम छरिएका

म नै बसे तिर तिमी सितल भई छाइदिनु !

 

उराठ यो जिन्दगीलाइ सम्झनामा चुडुला कि

माधुर्य त्यो छर्नलाइ कोइली स्वोरमा गाइदिनु !

 

बिलिन भइ आँखाबाट बिदामा पो गएकी हौ ?

माया सम्झी कोसेली त्यो फर्की आउदा ल्याईदिनु !!

Leave a Comment

Your email address will not be published. Required fields are marked *