एउटा भुल

Spread the love

मैले एक हातले सियो समाते

अनि अर्को हातले धागो समाते

दुवै एकअर्काको नजिकै लगे

र उने तिम्रो र मेरो सम्बन्ध !

 

छातीका कयौं फाटेका ठाउँहरुमा

अघि उनेको सियो धागोले सिलाउदै गएँ

घाउ सानो र टालीए जस्ता भए !

 

मैले लेखे धेरै कथा, कविता, गीतगजलहरु

अघि उनकै सियो र धागोको भरमा

मैले बनाएँ कति बुट्टाहरु तिम्रो र मेरो कथाहरुको

तर

एउटा भुल भएछ मबाट

त्यो सियोमा उनेको धागोको अन्तिममा एउटा गाठो पार्न भुलेछु !

Leave a Comment

Your email address will not be published. Required fields are marked *