मैले संसार हेरी हास्ता तिमी पक्कै रोयौ होला
काखमा राखी लुटुपुटु शिर मेरो छोयौ होला
स्याहार सुसार मेरै लागि कोक्रो तिमीले हल्लाएर
लिटो मिठो खुवाउदै खुसी आफ्ना खोयौ होला
रमाइला ठट्टा मेरा लुकिछुपी मैले गर्दा
खोज्दै मलाई हडबडाउदै तिमी पक्कै रोयौ होला
सपनामा लड्खडाउदै ठेस लागि लड्दा म
छोरो भनि कराउदै निदमै तिमी रोयौ होला
भूल मैले गरे पनि माफ तिमीले गरेकै हौ
पुन:आर्शीवाद स्वरुप शिर मेरो छोयौ होला