घातक हुन सक्छ

Spread the love

नमुस्कुराउनु ओठ खोलि घातक हुन सक्छ

नजिस्काउनु मिठो बोलि घातक हुन सक्छ !

 

जान्या होलि अनेक थरि लुट्न अरुलाई

पिलाइदेलि प्रेमको गोलि घातक हुन सक्छ !

 

सिनेमा ति संगै हेरी दङ्ग पर्न छोडिदिनुस

मक्ख आज फेरि भोलि घातक हुन सक्छ !

 

रात संगै बिताउ अनि जुनी संगै कटाउ भन्ली

रित्ति जालान पर्स र झोली घातक हुन सक्छ !

 

लाउनु होला फुटानी फलानी ति मेरी भन्दै

अर्कै संग रम्दै होलि घातक हुन सक्छ !!

Leave a Comment

Your email address will not be published.