जिन्दगी

Spread the love

जीत सोची अंगालेको हार रैछ जिन्दगी !
हाँसो र रोदनको सार रैछ जिन्दगी !

सधै काँधमा भरियाझैँ बोकी राख्नुपर्ने
आफैलाई पो थिची रहने भार रैछ जिन्दगी !

गुलाफ होला फक्रिएर सुवास दिन्छ सोंचे
वैलिएर गनाउने झार रैछ जिन्दगी !

फुक्दैमा निभिजाने तिहारको दियो जस्तै
न त्यस्तो खास न बेकार रैछ जिन्दगी !

Leave a Comment

Your email address will not be published.