गजल

नमिठो सत्य

टुक्राटुक्री समाचार त्यो सोर्दै थियो कलम भ्रस्ट नेता एक छेउमा कोर्दै थियो कलम डुबेकै हो त मुलुक ! नीति नियम बेगर षड्यन्त्र र जाल साजि फोड्दै थियो कलम हात परे मोटा बिट्टा नगदको अहो ! तथ्य नंया आयाम सहित मोड्दै थियो कलम बोक्रे कलमजीबी बरु पोख्न छाड विचार तरबारसंग नाता साइनो जोड्दै थियो कलम !!

इन्जिनियरिंग

अरु हास्दा तिमि रुन्छौ , यहि हो इन्जिनियरिंग ! जांच अघि किताब छुन्छौ , यहि हो इन्जिनियरिंग ! भ्याईदैन जस्तो लाग्छ पढी जांच सम्म अनि छोटो Topics चुन्छौ, यहि हो इन्जिनियरिंग ! भेजा हुन्छौ पढेर वाक्क ब्याक्क दिक्क र त फेबुकमा Online हुन्छौ, यहि हो इन्जिनियरिंग ! जति राम्रो गरे पनि परिक्षामा तिमीले केवल पास …

इन्जिनियरिंग Read More »

जिन्दगी

जीत सोची अंगालेको हार रैछ जिन्दगी ! हाँसो र रोदनको सार रैछ जिन्दगी ! सधै काँधमा भरियाझैँ बोकी राख्नुपर्ने आफैलाई पो थिची रहने भार रैछ जिन्दगी ! गुलाफ होला फक्रिएर सुवास दिन्छ सोंचे वैलिएर गनाउने झार रैछ जिन्दगी ! फुक्दैमा निभिजाने तिहारको दियो जस्तै न त्यस्तो खास न बेकार रैछ जिन्दगी !

घातक हुन सक्छ

नमुस्कुराउनु ओठ खोलि घातक हुन सक्छ नजिस्काउनु मिठो बोलि घातक हुन सक्छ !   जान्या होलि अनेक थरि लुट्न अरुलाई पिलाइदेलि प्रेमको गोलि घातक हुन सक्छ !   सिनेमा ति संगै हेरी दङ्ग पर्न छोडिदिनुस मक्ख आज फेरि भोलि घातक हुन सक्छ !   रात संगै बिताउ अनि जुनी संगै कटाउ भन्ली रित्ति जालान पर्स …

घातक हुन सक्छ Read More »

आमा

मैले संसार हेरी हास्ता तिमी पक्कै रोयौ होला काखमा राखी लुटुपुटु शिर मेरो छोयौ होला स्याहार सुसार मेरै लागि कोक्रो तिमीले हल्लाएर लिटो मिठो खुवाउदै खुसी आफ्ना खोयौ होला रमाइला ठट्टा मेरा लुकिछुपी मैले गर्दा खोज्दै मलाई हडबडाउदै तिमी पक्कै रोयौ होला सपनामा लड्खडाउदै ठेस लागि लड्दा म छोरो भनि कराउदै निदमै तिमी रोयौ होला …

आमा Read More »

फलानो

कुर्सी चट्ट मन्त्रीको त्यो आशन माग्दै थिए विपक्षी ति आन्दोलन्मा शासन माग्दै थिए कलियुग टेकिएछ आफू बाँचे पुग्यो आसँु झार्दै जन यता रासन माग्दै थिए नेता गिरी चलन यहाँ, प्यारा मन मर्जी काकाकुलझैँ व्याकुल युवा भाषण माग्दै थिए गगन चुम्नु पर्ने मुलुक धस्यो पाताल मुनि रुदै चिन्तक, देश बदल्ने पाषण माग्दै थिए

थोत्रा डस्टबिन

थोत्रा डस्टबिन भाषण कतै गाउथे नेपथ्यमा भाषण सगै सगैँ भट्टी कतै धाउथे नेपथ्यमा चुनावी ति प्रचार प्रसार जनमाझ यसो उसो विलीन भइ, पछि कतै छाउथे नेपथ्यमा कलम पनि गलत ठाउँमा कानुन के को लेख्थे हाजिर गर्दा ल्याप्चे कतै लाउथे नेपथ्यमा देश र जनको के को चिन्ता खोलाका ति माछा भए लोकल ठर्रासगँै निंद्रा भ्याउथे नेपथ्यमा …

थोत्रा डस्टबिन Read More »