कविता

२०७२-०१-१२

अप्रिल २५, २०१५मा गएको विनाशकारी भूकम्पको सम्झनामा अप्रिल ३०, २०१५मा यो कविता लेखिएको थियाे | ढले ति स्वाभिमानी भवनहरू नढलेकाको शिर झुक्यो कति अंगभंग भए गर्ल्यामगुर्लुम ! … अस्तव्यस्त मानव जीवन घरमाथि बस्नेहरु घर मुनि छन् थिचीइरहेका ! … रहेन मन्दिर बचेनन् ‘स्क्वेर’हरु धरहराले हार मान्यो निर्विकल्प ! … कोही माथिबाट तल झरे कोही तलबाट […]

२०७२-०१-१२ Read More »

हे इश्वर

हे इश्वर सुन्यौ के तिमीले ? कोही रोए जस्तो कोही कराए जस्तो ! एउटा कहाली लाग्दो रातमा कोही डराए जस्तो ? मलाइ जामैजाम सडकको बीचमा कराइरहेको एम्बुलेन्स त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको बिरामीको चित्कार जस्तै लाग्छ ! हे इश्वर, के सुन्यौ तिमीले त्यो ? आफु एक र आफुमा एक बोकेर नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी नारीको पाउले आफु

हे इश्वर Read More »

रुख

त्यो रुख आज ढलेको छ एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तनहिजो सम्म रुख ठाडो उभिएको थियो !आज रुख ढलेको छ ! उसको मलामी जाँदा हुन्त्यहि रुखमा गुँड बनाएर बसेका चराहरुउनीहरुको चिरबिर आज एकोहोरो सुनिने छ –शंख फुकाई जस्तो ! त्यो रुख आज ढलेको छ ! उसको मलामी जाँदा हुन् उसको छहारीमा बसी बाघचाल खेल्ने दुई बुडापाकाहरुबाख्रा बाघले खाएमा केही चिन्ता छैन उसलाई आज त

रुख Read More »

सम्झौता

सम्झौता गरेर परदेशियो ऊ श्रीमती संगको सम्झौता केहि बर्ष टाढा रहने ! छोरो संगको सम्झौता उसको भविष्यका लागि विदेशिने ! साउ संगको सम्झौता कमाएर फर्केपछि ऋण तिर्ने ! आमालाइ दिएको आस्वासन बुहारीले राम्ररी हेर्ने छे ! आफ्नो जिन्दगी संग त झन् कति सम्झौता गर्यो गर्यो ! दुइटा रोटि तातो घाम अनि बालुवामाथिको काम परिशान थियो

सम्झौता Read More »

एउटा भुल

मैले एक हातले सियो समाते अनि अर्को हातले धागो समाते दुवै एकअर्काको नजिकै लगे र उने तिम्रो र मेरो सम्बन्ध !   छातीका कयौं फाटेका ठाउँहरुमा अघि उनेको सियो धागोले सिलाउदै गएँ घाउ सानो र टालीए जस्ता भए !   मैले लेखे धेरै कथा, कविता, गीतगजलहरु अघि उनकै सियो र धागोको भरमा मैले बनाएँ कति

एउटा भुल Read More »

दुइ/दुइ – एक !

हाम्रो भेटको निकै पछी हामी एक भएका थियौ तिमीले मलाई आफ्नो दिलमा कैद गरेकी थियौ अनि मैले तिमीलाई आफ्नो दिलमा ! अहिले सम्झिदा यस्तो लाग्छ म तिम्रो र तिमी मेरो त्यहि बेला भैसकेका रैछौ जब हाम्रो पहिलो भेटमै मेरा आँखाले तिमीलाई कैद गरेका थिए अनि तिम्रा आँखाले मलाई !

दुइ/दुइ – एक ! Read More »

मलाई नसोध

मलाई नसोध जिउनु के हो भनेर जिन्दगी जिउन छोडेको धेरै भैसक्यो !   त्यो बेला जिउथे जस्तो लाग्छ जब आमाको काख मेरो सिरान हुन्थ्यो अनि म निदाईदिन्थे निस्फिक्री ! जिन्दगी त त्यो बेला जिउथे जस्तो लाग्छ जब बाको चोरी औंला समातेर घन्टौ ताते ताते गर्थे !   मलाई नसोध मुस्कुराउनु के हो भनेर जिन्दगीमा मुस्कुराउन

मलाई नसोध Read More »

चिया जिन्दगी

एक पछिको अर्को सर्को बिसाउदिन हातको गिलास न गफ नै रोकिन्छ सायद चियाले ओठमा तागत पो दिन्छ कि ? साउनीको मन्द मुस्कानले हो कि ! माघको यो जाडोले पो हो कि ! ओठ बोल्छ दिमागले थाहा नपाई अर्को एक कप !! जे होस् चिया को सर्को संगै गिलास रित्तिदै छ बैसको यो जवानी नि !

चिया जिन्दगी Read More »

खलासी

जाने हो ? बानेश्वर, तिनकुने, जडिबुटी, प्लानिंग यात्रु समेट्ने गरि हात फैलाएर आएको हुन्छ स्टेसनका मान्छे नचड्ने भएपछी त्यहि हात ल्याएर टिनमा बजार्छ दुइ चार चोटी लगातार सायद, रिस पोखेको होला ! तिनै स्टेसनका मान्छे जाने भएपछी कति मज्जाले भन्छ पर्खनुस् दाइ झर्नेछ | अनि ढाड सुम्सुम्याएझैँ गरी चढाउछ टिनको बाकसमा र बनाइदिन्छ बन्दक ऊ

खलासी Read More »

दुनियाँ

दुनिया नतमस्तक छ दुनियाको चाल देखेर दुनियाको तालको दुनियालाइ पर्बाह छैन नत्र सुन्थ्यो होला नि गुरुजीले बजाएको हरन अनि गुरुजीले पढाएको पाठ दुनिया रमेको छ आफ्नै दुनियामा ! जीवन जिउन नजानेकाहरु कराइरहेका हुन्छन् ! अनि बाटाबाटा चिच्याईरहेका हुन्छन् फलानोले तिलानो गर्न जानेन भनेर अनि धिक्कारि रहेको हुन्छ संसारलाई सोहि बाटो शालीन भएर वाइट क्यानलाइ सहारा

दुनियाँ Read More »